खुला टेबलटेनिस हुने
मंगलबार, असार ५, २०८०खेलपाटी संवाददाता
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ ।
टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला खुला सिंगल्स गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
तीन दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
खुला टेबलटेनिस हुने







-1753545694.jpg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


