काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो खेलमा मछिन्द्र र सरस्वती युथ क्लबबीच भिड्दै छन् । खेल ललितपुरको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको छ ।
प्रतियोगिता एक जित समेत निकाल्न नसकेको मछिन्द्रलाई सरस्वतीलाई हराउँदै ३ अंक जोड्ने अवसर छ । सस्वती समेत कमजोर प्रर्दशन गरिरहेको टोलीविरुद्व सहज जित निकाल्दै शीर्ष ६ भित्र पर्ने लक्ष्यमा छ । सरस्वती १० अंक सहित तालिकाको नवौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित पुछार देखि दोस्रोमा छ ।