काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) बाट दशौ चरणका खेल हुदैछ । पहिलो खेलमा मछिन्द्र र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतियोगिता एक जित समेत निकाल्न नसकेको मछिन्द्रलाई सरस्वतीलाई हराउँदै ३ अंक जोड्ने अवसर छ । सस्वती समेत कमजोर प्रर्दशन गरिरहेको टोलीविरुद्व सहज जित निकाल्दै शीर्ष ६ भित्र पर्ने लक्ष्यमा छ । सरस्वती १० अंक सहित तालिकाको नवौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित पुछार देखि दोस्रोमा छ ।
आजै हुने दोस्रो खेलमा जावलाखेल र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल एपीएफ मैदानमा दिउँसो साँढे २ बजे सुरु हुनेछ । प्रतियोगितामा अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको जावलाखेल र तालिकाको पुछारबाट माथि उक्लिन नसकेको एनआरटीको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हुनेछ । जावलाखेल ८ अंक सहित दशौं स्थानमा छ । एनआरटी एक अंक सहित पुछारमा छ ।
सोही समयमा एन्फा टेक्निकल सेन्टरमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्ने छन् । कमजोर देखिएको फ्रेन्ड्सविरिुद्व जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिने अवसर हिमालयन शेर्पालाई प्राप्त छ । अंक तालिकामा सुधार गर्न फ्रेन्ड्सलाई समेत आजको खेल महत्वपुर्ण छ । शेर्पा क्लब १४ अंक सहित छैटौ स्थानमा छ । फ्रेन्ड्स ५ अंक सहित १२ औ स्थानमा छ ।