काठमाडौं । नेपाली राष्ट्रिय बक्सिङ टोलीका मुख्य प्रशिक्षक शिव सिंह नेपाल आईपुगेका छन् ।
१९ औं एसियन गेम्सको तयारीमा रहेका २६ जना बक्सिङ खेलाडीलाई प्रशिक्षण दिन सिंह नेपाल आएका हुन् ।
भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ प्रशिक्षक सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।
सिंहले एसियन गेम्सको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन ।
अन्य प्रशिक्षकमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भईरहेको छ ।