काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीविरुद्वको खेलमा थ्री स्टारले अग्रता लिएको छ ।
ललितपुरको एन्फा कम्प्लेक्समा दोस्रो हाफको खेल जारी रहदाँ निराजन खड्काको गोलमा थ्री स्टारले अग्रता बनाएको हो ।
७० औ मिनेटमा पिटर सेगुनले उपलब्ध गराएको बलमा अजायी मार्टिनले हेडमार्फत मिलाई दिएको पासमा निराजन गोल गर्न सफल भए ।
पहिलो हाफ गोल विहिन भएपनि दोस्रो हाफमा दुवै टोलीले निरन्तर गोलका अवसर सिर्जना गरिरहेका छन् ।
उपाधि होडमा कायम रहन दुवै टोलीलाई जित्नैपर्ने दबाब छ ।