काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र आर्मीबीचको खेल जारी छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीबाट गोल हुन सकेको छैन ।
खेलको सुरुवातबाटै दबाब बनाएपनि थ्री स्टारले १६ औ मिनेटमा पहिलो आक्रमण बुनेको थियो । अल्बर्टको पासमा मार्टिनले हानेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८ औ मिनेटमा सन्तोष तामाङले दोस्रो बार च्याप्दै हानेको प्रहार बाहिरिएको थियो ।
३३ औ मिनेटमा थ्री स्टारका मिडफिल्डर मिक्छेन तामाङको फ्रिकिक आर्मीका गोलकिपर विकेश कुथुले हातमा पुग्यो ।
३८ औ मिनेटमा आर्मीका कप्तान नवयुग श्रेष्ठको पासमा सन्तोष तामाङले दोस्रो बार च्याप्दै हानेकार बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
दोहोरो पहेलो कार्डका कारण आर्मीका कप्तान भरत खवास मैदान बाहिर छन् ।
थ्री स्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।