काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ । उपाधि होडमा रहन दुवै टोलीलाई जित आवश्यक छ । खेलको नतिजाले उपाधि होडबारे धेरै कुरा बोल्नेछ ।
दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै शीर्ष स्थानको मनाङ माथि दबाब राख्नु हुनेछ । बराबरीको नतिजाले शीर्ष स्थानको मनाङलाई फाईदा पुग्न सक्नेछ । थ्री स्टार र आर्मी दुवै टोली जारी लिगमा मनाङसंग मात्र पराजित भएका छन् ।
थ्री स्टार २१ अंक सहित तेस्रो स्थानमा छ । आर्मी १७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।