सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

सोहन र पेमा उत्कृष्ट, काभ्रे टिम च्याम्पियन

बिहिबार, ११ जेठ २०८०खेलपाटी संवाददाता
सोहन र पेमा उत्कृष्ट, काभ्रे टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं ।  मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् ।

हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।

सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराए । पेमाले भने फाइनलमा चितवनकी नतिसा थापामगरलाई ५–० ले नै नै हराइन् । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३–३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पार्यो।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र लतिलतपुरका प्रकाश कठायतले रजत पदक जिते ।

पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जिते । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५–० ले हराए । ५७ केजीमा नुवाकोटका निरन्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३–३ ले हराउँदै स्वर्ण जिते । ६० केजी तौलसमूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष मुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जिते ।

पुरुषको ६७ केजी तौलसमूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५–० ले हराउँदै स्वर्ण जिते । ७५ केजीमा काठमाडौंका अश्विनधीरण श्रेष्ठले फाइनलमा नुवाकोटका आषिश पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सबिन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । ८६केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जिते । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउन्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाए ।

महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गरे । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाए । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउन्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाइन् । ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गरे ।

फाइनलमा जिबिकाले काठमाडौंकी सन्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराइन् । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।

विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आईटीओ तथा टेक्निकल डेलिगेट पुस्करराज पन्त, बक्सिङका पूर्व प्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतले पुरस्कृत गरे ।

Bajaj Pulsar Motorcycle Ad
सोहन र पेमा उत्कृष्टकाभ्रे टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

Bajaj Pulsar Motorcycle Ad
लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने