काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले भ्याली च्यासल युथ क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदा मनाङले १ - ० को अग्रता बनाएको छ । मनाङका लागि खेलको १६ औं मिनेटमा आडीलाजा सोमिडेले गोल गरे । उनले ओलावाले पासलाई सहजै गोल गरेका थिए ।
प्रतियोगिताका सबै खेलमा स्पष्ट जित निकालेको मनाङ आज सोही प्रर्दशनलाई च्यासलविरुद्वको खेलमा समेत कायम राख्ने लक्ष्यमा हुनेछ । मनाङ २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
च्यासल भने मनाङको अपराजित यात्रामा पुर्णविराम लगाउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ । च्यासल १३ अंक सहित सातौ स्थानमा छ ।