काठमाडौं । पल्सर सहिद स्मार ए डिभिजन लिगमा अहिले च्यासल युथ र मनाङ मर्स्याङ्दी क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
रष्ट्रिय टिमका राम्रा खेलाडी अनुबन्ध गरेर नतिजा दिन नसकेको च्यासलले मनाङको उपाधि यात्रामा अवरोध गर्न सक्नेछ । मनाङको अपराजित यात्रामा पुर्ण विराम लगाउँदै अंक तालिकामा सुधार गर्न च्यासललाई समेत मौका छ ।
प्रतियोगिताका सबै खेलमा स्पष्ट जित निकालेको मनाङ सोही प्रर्दशनलाई च्यासलविरुद्वको खेलमा समेत कायम राख्ने लक्ष्यमा हुनेछ । मनाङ २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । च्यासल १३ अंक सहित सातौ स्थानमा छ ।