काठमाडौं । पल्सर सहिद स्मार ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) दुई खेल हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा एपीएफ र मछिन्द्र तथा च्यासल युथ र मनाङ मस्र्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो खेलमा बिहान ११ बजे विभागीय टिम एपीएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एक जित समेत निकाल्न नसकेको मछिन्द्रलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने अवसर एपीएफलाई छ । एपीएफ १० अंक सहित तालिकाको आठौ स्थानमा छ । मछिन्द्र ३ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा च्यासल र मनाङबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टिमका राम्रा खेलाडी अनुबन्ध गरेर नतिजा दिन नसकेको च्यासलले मनाङको उपाधि यात्रामा अवरोध गर्न सक्नेछ । मनाङको अपराजित यात्रामा पुर्ण विराम लगाउँदै अंक तालिकामा सुधार गर्न च्यासललाई समेत मौका छ ।
प्रतियोगिताका सबै खेलमा स्पष्ट जित निकालेको मनाङ सोही प्रर्दशनलाई च्यासलविरुद्वको खेलमा समेत कायम राख्ने लक्ष्यमा हुनेछ । मनाङ २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । च्यासल १३ अंक सहित सातौ स्थानमा छ ।