काठमाडौं । चीनमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।
महिला ५० केजी तौल समूहको फाइनलमा बागमती प्रदेशकी अस्मिता दुवालले लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै छनोट हुन सफल भईन ।
महिला ५४ केजी तौलमा एपीएफकी सन्जुमाया थिङलाई हराएर आर्मीकी मिनु गरुङ छनोट भएकी छन् ।
महिलाकै ५७ केजी तौलमा एपीएफकी निता गोसाईलाई हराएर आर्मीका चन्द्रकला थापा छनोट हुँदा ६० केजी तौलमा शर्मिला तामाङलाई हराएर आर्मीकी वर्षा श्रेष्ठ छनोट भईन् ।
महिला ६६ केजी तौल एपीएफकी माया चौधरीलाई हराउँदै आर्मीकी निरु गुरुङले छनोट हुँदा महिला ७५ केजी तौलमा आर्मीका संगीता दंगाललाई हराएर एपीएफकी मनिता राई छनोट भएकी छन् ।
पुरुषतर्फ ५१ केजी तौलमा पुलिसका चन्द्र बहादुर थापालाई हराएर आर्मीका सुशील थापा, ५७ केजीमा आर्मीका पुरन सुनुवारलाई हराएर बागमतीका बुद्ध ग्याम्जो लामा छनोट भए ।
पुरुषकै ६३.५ केजीमा बागमतीका सोहन राईलाई हराएर बागमतीकै मौसम रानामगर तथा ७१ केजीमा लुम्बिनीका विकास राना मगरलाई हराएर आर्मीका दिपेश लामा छनोट भए ।
पुरुष ८० केजीमा एपीएफका सुमन कार्कीलाई हराएर आर्मीका दिपक श्रेष्ठ, ९२ केजीमा आर्मीका महेन्द्र केसीलाई हराएर गण्डकीका दिपक सुनार तथा ९२ माथिको तौलमा आर्मीका आशिष दुवाडी छनोट भएका छन् ।