काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले रुस्लान थ्री स्टार र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफको खेल सकिदा थ्री स्टारले १ - ० को अग्रता बनाएको छ । थ्री स्टारले रन्जित धिमालको पेनाल्टीबाट खेलको १२ औं मिनेटमा अग्रता बनाएको हो ।
थ्री स्टारका निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अन्जन देबकोटाले हातले रोकेपछि पाएको पेनाल्टीमा रन्जितले गोल गरेका हुन् ।
यस्तै खेलको ३४ औं मिनेटमा थ्री स्टारका अल्बर्टको शशक्त प्रहार मछिन्द्रको गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाऊ गरे ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज थ्री स्टार मछिन्द्रविरुद्व सहज जित निकाल्दै उपाधि होडमा रहेको मनाङ माथि दबाब सिर्जना गर्ने लक्ष्यमा छ । मनाङ भन्दा ६ अंकले पछाडी रहेको थ्री स्टार सहज जित सहित उपाधि होडमा कायम रहन चाहन्छ ।
यता, जारी लिगमा एक जित समेत दर्ता गर्न नसकेको मछिन्द्रले ललितपुरे क्लबविरुद्व अप्रत्यासित जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने पक्का छ ।
तेस्रो स्थानको थ्री स्टारको १८ अंक छ । मछिन्द्र ३ अंक जोडेर तालिकाको पुछार देखि दोस्रोमा छ ।