काठमाडौं । अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ ।
खानले आईसीसी विश्वकप छनोट प्लेअफमा यसै साता जर्सीविरुद्ध ७ विकेट लिएका थिए । खानले सोहि खेलमा खेल भावना विपरित कार्य गरेपछि आगामी दुई खेलमा प्रतिबन्ध लाग्ने भएको हो ।
जर्सीसँगको खेलमा अनुशासन उलंघनको कारण खानले कारबाही स्वरुप एक डिमिरेट अंक पाएका छन् ।
आईसीसीको नियम अनुसार कुनै पनि खेलाडीसँग २४ महिना भित्रमा ४ डिमिरेट अंक भएमा दुई एकदिवसीय अन्तराष्ट्रिय वा दुई टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने गर्दछ।
खानले यो बर्ष तीन डिमिरिट अंक पाईसकेका छन् । अब उनको डिमिरिट अंक ४ पुगेकाले दुई खेलमा प्रतिबन्ध पाएका हुन् ।
खानलाई दुई एकदिवसीय अन्तराष्ट्रिय वा दुई टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने छ । यसको अर्थ अमेरिकाले निकटको दिनमा पहिला खेल्ने टी-ट्वान्टी अन्तराष्ट्रिय वा एकदिवसीय अन्तराष्ट्रिय मा दुई खेल गुमाउने छन् ।
अमेरिका र जर्सीसँगको खेलमा तीन खेलाडी कारबाहीमा परेका छन् । अमेरिकाका अली खान तथा जशदीप सिंह र जर्सीका इलोटन मिल्स कारबाहीमा परेका छन् ।
खानलाई म्याच फि को १५ प्रतिशत पनि जरिवना लागेको छ । उनका साथ जशदीप सिंहलाई ३० प्रतिशत जरिवना र २ डेमेरिट प्वाइन्ट मिलेको छ । जर्सीका मिल्सलाई १५ प्रतिशत म्याच फि जरिवना र एक डिमेरिट प्वाइन्ट मिलेको छ ।