काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ । पहिलो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्जाईज क्लब तथा दोस्रो खेलमा रुस्लान थ्री स्टार र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
बिहान ११ बजे हुने पहिलो खेलमा च्यासलले तालिकाको पुछारतिर रहेको ब्रिगेडलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । स्टार खेलाडी अनुबन्धन गरेर समेत राम्रो नतिजा दिन नसकेको च्यासल क्लब कमजोर देखिएको ब्रिगेडलाई हराउँदै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
पहिलो पटक ए डिभिजनमा बढुवा भएको च्यासलले उपाधि होडबाट बाहिरिएको घोषणा गरिसकेको छ । तर अंक.तालिकामा अघि बढ्ने उसको लक्ष्य भने प्रस्ट छ ।
यता लाहुरे मामा भान्जाको क्लब ब्रिगेडले भने प्रतियोगितामा अपेक्षाकृत प्रर्दशन गर्न सकेको छैन् । अधिकांश उमेर समुहका खेलाडी अनुबन्धन गरेको ब्रिगेडले ठुला क्लबलाई दुख दिने गरेको छ । उसले विभागीय टिम एपीएफलाई जारी लिगमा ठुलो गोल अन्तरले स्तब्ध बनाएको थियो ।
च्यासल १० अंक सहित तालिकाको सातौ स्थानमा छ । ब्रिगेड ४ अंक सहित १२ औ स्थानमा छ ।
सोही मैदानमा हुने दिनको दोस्रो खेलमा थ्री स्टारले तालिकाको तालिकाको पुछार मध्यको टोली मछिन्द्रसंग प्रतिस्पर्धा गर्नेछ । ललितपुरे क्लब थ्री स्टारको लक्ष्य भनेर मछिन्द्रविरुद्व सहज जित निकाल्दै उपाधि होडमा रहेको मनाङ माथि दबाब सिर्जना गर्नु हुनेछ ।
मनाङ भन्दा ६ अंकले पछाडी रहेको थ्री स्टार सहज जित सहित उपाधि होडमा कायम रहन चाहन्छ । यता, जारी लिगमा एक जित समेत दर्ता गर्न नसकेको मछिन्द्रले ललितपुरे क्लबविरुद्व अप्रत्यासित जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने पक्का छ ।
तेस्रो स्थानको थ्री स्टारको १८ अंक छ । मछिन्द्र ३ अंक जोडेर तालिकाको पुछार देखि दोस्रोमा छ ।