काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा युएईले विश्वकप छनोटमा स्थान बनाएको छ ।
उसले एक खेल अगाबै विश्वकप छनोटमा स्थान सुरक्षित गरेको हो ।
युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । युएईले बुधबार जर्सीसँग खेल्नेछ ।
युएई उक्त खेलमा पराजित भए तथा क्यानडाले पपुवा न्युगिनीलाई पराजित गरेमा युएई,क्यानडा नामिबियासँग समान ६/६ अंक हुनेछ । हेड टु हेडमा युएई अघि हुँदा विश्वकप छनोटमा स्थान पक्का गरेको हो ।
युएई अमेरिकासँग ५ विकेट,पपुवा न्युगिनीलाई २१ रन, क्यानडालाई ६ विकेट र नामिबियालाई २८ रनले हराएको हुँदा विश्वकप छनोटमा पुगेको हो ।
क्यानडा र नामिबियालाई युएईले हराएको हुँदा यदि समान अंक भएमा पनि हेड टु हेडको कारण विश्वकप छनोटमा स्थान पक्का भएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।