काठमाडौं । कोलकत्ता नाईटराईडर्सका कप्तान श्रेयस अय्यरले जारी रहेको ईन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ गुमाउने भएका छन् ।
मेरुदन्डको अप्रेसन गर्नु पर्ने भएकाले श्रेयसले पूरा आईपीएल तथा आगामी जुनमा आयोजना हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनल गुमाउने छन् ।
श्रेयसले २०१५ मा चेन्नाईविरुद्धको खेलमा आईपीएल डेब्यु गरेका थिए । आईपीएलका १ सय १ खेलमा अय्यरले १९ अर्धशतक सहित २ हजार ७ सय ७६ रन बनाएका छन् ।
उनको स्थानमा कोलकत्ताले नितिश राणालाई कप्तानको जिम्मेवारी दिईसकेको छ ।
लगातार दोस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुगेको भारतले फाइनलमा अष्ट्रेलियाको सामना गर्ने छ ।