काठमाडौं । श्रीलंकाका कप्तान दासुन शनकाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ खेल्ने भएका छन् ।
गुजरात टाइटन्सले घाइते केन विलियम्सनको स्थानमा शनकालाई टिममा अनुबन्ध गर्ने भएको छ ।
पहिलो पटक आईपीएलमा अनुबन्ध भएका उनले ५० लाख भारु पाउनेछन् ।
२०२३ को खेलाडी छनोटका लागि भएको अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि उनलाई कुनै टिमले अनुबन्ध गरेको थिएन ।
उनी हाल न्युजिल्यान्डसँगको तीन खेलको टीट्वान्टी अन्तराष्ट्रिय सिरिजमा व्यस्त रहेका छन् ।
शनकाले शनिबार सिरिज सकिएपछि मात्रै गुजरातको टोलीमा जोडिनेछन् ।
दायाँ खुट्टाको घुँडामा चोटपछि विलियम्सन प्रतियोगिताबाट बाहिरिएका थिए ।
शनकाले श्रीलंकाबाट ६ टेस्ट, ५० एकदिवसीय अन्तराष्ट्रिय र ८७ टी-ट्वान्टी अन्त्राष्ट्रिय खेल खेलेका छन् ।
गुजरातले सुरुआती दुई खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।