काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सले गुजरात टाईटन्सलाई १ सय ६३ रनको लक्ष्य दिएको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा जारी खेलमा घरेलु टोलीले १ सय ६३ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।
दिल्लीका लागि कप्तान डेविड वार्नरले ३२ बलमा ३७ रन बनाउँदा अक्षर पटेलले २२ बलमा ३६ रन बनाए । सरफराज खानले ३० तथा अबिशेक पोरेलले २० रन बनाए ।
गुजरातका लागि मोहम्मद सामी र राशिद खानले समान ३/३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।
यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । घरेलु मैदानमा सानदार सुरुआत गरेको गुजरात दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आफ्नै घरेलु मैदानमा चेन्नाई सुपर किंग्समाथी ५ विकेटको जित निकालेको गुजरात आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा जित हात पारेको गुजरात २ अंकका साथ १० टोली सहभागी लिगको चौथो स्थानमा रहेको छ ।
उता दिल्लीले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई दिल्ली पहिलो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा हार सहित दिल्ली अंकबिहिन रुपमा नवौं स्थानमा रहेको छ ।
हेड टु हेड :
दिल्ली र गुजरातबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ ।