काठमाडौं । तेस्रो संस्करणको बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा प्रतियोगिता यहि चैत्र २२ गतेदेखी चैत्र २७ गतेसम्म पोखरा स्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने भएको छ ।
प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी,स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरको सहभागीता रहेको छ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समुहमा विभाजन गरि लिग कम नक–आउटका आधारमा टी-ट्वान्टी फम्र्याटमा खेलहरु संचालन हुने आयोजकले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
साथै प्रतियोगिता व्यवस्थापन अन्तर्गतका सम्पुर्ण कार्यहरु समेत अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दियो ।
खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि २०७८ साल देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ ।
लुम्बिनी प्रदेशको १२ जिल्लाहरुको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको आयोजना भएको थियो ।
काठमाडौं स्थित मुलपानी क्रिकेट स्टेडियममा मिति २०७९ अषाढ १ गतेबाट अषाढ ५ गतेसम्म पाँच प्रदेश (प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश ) र बलियो ११ को सहभागितामा बलियो नेपाल कपको दोश्रो संस्करण सम्पन्न भएको थियो ।
भोलि बुधबार विहान ८ः३० बजे कर्णाली क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरबीच प्रतियोगिताको उद्घघाटन खेल हुनेछ ।
खेल तालिका
