काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरका ब्याटर रजत पाटिदारले ईन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ गुमाउने भएका छन् ।
याकिल्स हिलको समस्याका कारण पाटिदारले पूरा आईपीएल गुमाउने बेंग्लोरले जनाएको छ ।
बेंग्लोरका अनुसार टिम व्यबस्थापन उनको स्थानको खेलाडीका बारेमा छलफलमा रहेको समेत बताएको छ ।
पाटिदारले गत बर्ष नै राजस्थान रोयल्सविरुद्धको खेलमा डेब्यु गरेका थिए । आईपीएलका १२ खेलमा पाटिदारले ४ सय ४ रन बनाएका छन् ।