काठमाडौं । बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन् ।
१६ औं संस्करणको आईपीएलमा शकिब कोलकत्ता नाइट राइडर्स अनुबन्ध भएका थिए । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण सकिबले जारी रहेको १६ औं संस्करणको आईपीएलमा सहभागीता नजनाउने कोलकत्ताले जानकारी दिएको छ ।
कोलकत्तामा बंगलादेशका विकेटकिपर ब्याटर लिटन दाससमेत रहेका छन् । शकिब र लिटन मंगलबारदेखि सुरु भएको आयरल्यान्डसँगको टेस्ट खेलमा टोलीमा छन् ।
बंगलादेशले अर्को महिनामा आयरल्यान्डसँगको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको लागि इंग्ल्यान्ड भ्रमण गर्नेछ ।
आयरल्यान्ड भ्रमणमा शकिबसँगै लिटन पनि टिममा हुनेछन् । पहिलो पटक आईपीएलमा अनुबन्ध भएका लिटनले आईपीएलमा सहभागीता जनाउने नजनाउनेबारे स्पष्ट पारि सकेका छैनन् ।
गत डिसेम्बरमा भएको खेलाडी अक्सनमा कोलकत्ताले शकिबलाई १ करोड ५० लाख भारु र लिटनलाई ५० लाख भारुमा किनेको थियो ।
३६ बर्षिय शकिबले २०११ मा आईपीएलमा डेब्यू गरेका थिए । शकिबले आईपीएलमा ७१ खेल खेल्दै २ अर्धशतकसहित ७ सय ९३ रन बनाउनुको साथै ६३ विकेट लिएका छन् ।