काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज मंगलबार एक खेल हुदैछ ।
आजको खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा सुरु हुनेछ।
यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । घरेलु मैदानमा सानदार सुरुआत गरेको गुजरात दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आफ्नै घरेलु मैदानमा चेन्नाई सुपर किंग्समाथी ५ विकेटको जित निकालेको गुजरात आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा जित हात पारेको गुजरात २ अंकका साथ १० टोली सहभागी लिगको चौथो स्थानमा रहेको छ ।
उता दिल्लीले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग ५० रनले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई दिल्ली पहिलो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा हार सहित दिल्ली अंकबिहिन रुपमा नवौं स्थानमा रहेको छ ।
हेड टु हेड :
दिल्ली र गुजरातबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ ।