काठमाडौं । फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री आबद्ध बार्मी आर्मी स्पिरिट क्लबसँग खेल्दै छ ।
आज मंगलबार हुने खेलमा रुबिनाको टोलीले पहिलो खेल खेल्दैछ ।
कुलन क्रिकेट क्लब हङकङमा आयोजना हुने खेल नेपाली समयअनुसार मध्यान्ह पौने १२ बाट सुरु हुने छ ।
अप्रिल १६ तारिखसम्म चल्ने यस प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ ।
प्रतियोगितामा नेपालकी पुर्व उपकप्तान सीता रानामगर समेत सहभागी रहेकी छिन् ।