काठमाडौं । रकम अभावका कारण रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर बनाउने निर्णय गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।
साढे ३ अर्व लागतको परियोजनामा ५४ करोड रुपैयाँ खर्च भएको धुर्मुस सुन्तली फाउन्डेसनको जनाएको छ ।
कोभिडका कारण बिग्रिएको आर्थिक अवस्थाका कारण १८ करोड ऋण लागेको फाउन्डेसनले बताउने गरेको छ । रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशतको काम सकिएको फाउन्डेसनको दाबी छ ।