काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले चेन्नाई सुपर किंग्सविरुद्ध टस जितेको छ।
चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा लखनउ ले टस जितेर बलिङ रोजे पछि घरेलु टोलीले पहिला ब्याटिङ गर्दैछ ।
यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथी ५० रनको सानदार जित निकालेको लखनउ आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।
उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा हार सहित चेन्नाई अंकबिहिन रुपमा सातौं स्थानमा रहेको छ ।
नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलसँगै लखनउका क्विटन डि कक आईतबार राती नै चेन्नाईको लागि उडेका छन् । तर, आजको खेलमा भने उनको उपलब्धता हुने सम्भावना छैन ।
दिल्लिविरुद्धको पहिलो खेलमा ओपन गरेका कायल मेयर्सले नै लखनउ ईनिङको सुरुआत गर्ने छन् ।
चेन्नाईमा पनि दक्षिण अफ्रिकाका सिसन्डा मंगला तथा श्रीलंकाका महेश थिक्सना र मथिसा पथिराना उपलब्ध रहने छैनन् ।
चेन्नाईको पिचलाई स्पिन मैत्री मानिन्छ । भर्खरै यहाँ भएको भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेलमा १८ मध्ये ११ विकेट स्पिनरले लिएका थिए ।
हेड टु हेड :
चेन्नाई र लखनउबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ ।