काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उपकप्तान सीता रानामगर आबद्ध ट्रोनाडो फल्कोन्ससँग पराजित भएको छ ।
आजबाट सुरु भएको फेयरब्रेक आमन्त्रण क्रिकेट प्रतियोगिताको पहिलो खेलमा ट्रोनाडो फाल्कोन्ससँग ४१ रनले पराजित भएको हो ।
कुलन क्रिकेट क्लब हङकङमा भएको खेलमा फाल्कोन्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको ट्रोनाडोले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रन मात्र बनायो ।
ट्रोनाडोका लागि सुनि लुसले सर्वाधिक ४८ रन बनाउँदा वनिफ्राईड दुराइसिंघमले १३ रन बनाईन् । कप्तान स्टेफानिया टेलर र चनिदा सुतथारुगिंले समान १०/१० रन बनाईन् ।
फाल्कोन्सका लागि मरिजाने कप्पा र स्वनारिन टिपोच्छाले समान ३/३ तथा कैइ अरुअले २ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।
फाल्कोन्सका लागि थिरथा सतिसले ४० बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेलिन् । मरिको हिलले ३८ तथा तमिरा अथापाथथुले १५ रन बनाईन् ।
ट्रोनाडोका लागि सुनि लुस र वनिफ्राईड दुराइसिंघमले समान २/२ विकेट लिईन् ।
सीताले प्लेईङ-११ मा मौका पाएको भएपनि बलिङ ब्याटिङको भने अवसर पाईनन् ।
पहिलो खेलमा जित हात पारेको फाल्कोन्स ६ टोली सहभागी प्रतियोगिताको शिर्ष स्थान मा रहेको छ ।
हारबाट प्रतियोगिता सुरुआत गरेको ट्रोनाडो भने अंकबिहिन रहदै दोस्रो स्थानमा रहेको छ ।