काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर सलिम दुरानीको निधन भएको छ ।
गुजरातमा ८८ वर्षको उमेरमा दुरानीको निधन भएको हो ।
बायाँ हाते ब्याट्सम्यान तथा लेफ्ट आर्म स्पिनर दुरानीले भारतका लागि २९ टेस्ट खेलेका थिए ।
जसमा उनले १२०२ रन जोड्दा ७५ विकेट लिएका थिए ।
उनले भारतका लागि अन्तिम पटक १९७३ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।