काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा जर्सीले पपुवा न्युगिनी(पीएनजी)लाई जितका लागि २ सय ९२ रनको लक्ष्य दिएको छ ।
आफ्नो एकदिवसीय अन्तरष्ट्रिय क्रिकेटको छोटो ईतिहासमा सर्वाधिक २ सय ९१ रनको योगफल बनायो । यसै प्रतियोगितामा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेको जर्सीले आफ्नो तेस्रो खेलमा नै २ सय ९१ रन बनाएको हो ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जर्सीले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९१ रन बनायो ।
जर्सीका लागि जोस लरेन्सन र असा ट्रिबिले शतकीय ईनिङ खेले । जर्सीको लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका लरेन्सनले १ सय ५ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय १४ रनमा आउट भए ।
ट्रिबिले बलमा चौका र छक्काको सहयोगमा अविजित रन बनाए । ह्यारिन्सन कार्लिअनले २६ रन बनाउँदा निक ग्रिनउडले १४ रन बनाए ।
पीएनजीका लागि चाड सोपार र सिमो कमियले समान २/२ विकेट लिए ।
दोस्रो खेल खेल्न लागेको दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् । अंक बिहिन दुवै टोलीका लागि विश्वकप छनोटमा स्थान बनाउँन तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम गर्न आजको जित अति आवश्यक रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।