काठमाडौं । जिम्बावेका अलराउन्डर सिकन्दर राजाले इन्डियन प्रिमियर लिग (आईपीएल) डेब्यु गरेका छन् ।
१६ औं सिजनको आईपीएलमा दोस्रो दिनको पहिलो खेलमा पन्जाब किंग्सले कोलकत्ताविरुद्धको खेलमा राजालाई डेब्यु गराएको हो ।
पन्जाबविरुद्धको सिजनको पहिलो खेलमा कोलकत्ताले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।