काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा पन्जाब किंग्सविरुद्ध कोलकत्ता नाईट राईडर्सले टस जितेको छ ।
१६ औं संस्करणको आईपीएलको दोस्रो खेलमा पन्जाबको घरेलु मैदान मोहालीमा टस जितेर कोलकत्ताले बलिङ राजेको छ ।
यी दुई टोलीबीचमा भएका पछिल्ला पाँच खेलमा तीन खेल कलकत्ताले र दुई खेल पन्जाबले जितेका छन् ।
आज नै हुने दोस्रो तथा प्रतियोगिताको तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । लखनउको घरेलु मैदान लखनउमा हुने खेलमा दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।
दुई टोलीबीच अहिलेसम्म भएका २ खेलमा लखनउ अपराजित रहेको छ ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।