काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपरजायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ८ मा लखनउको घरेलु मैदान लखनउमा सुरु हुनेछ।
यस सिजनको पहिलो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत दुवै टोलीको लक्ष्य रहँदा खेल रोमान्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ । दिल्ली नयाँ कप्तानका साथ यस १६ औं सिजनको पहिलो खेल खेल्दैछ ।
गत १५ औं सिजन दिल्लीका लागि रिषभ पन्तले कप्तानी गरेका थिए । तर, पन्तले ठूलो सडक दुर्घटना परेर घाईते भएपछि यस सिजनको आईपीएल गुमाएका थिए । गत बर्षबाट दिल्लीको महत्वपूर्ण हिस्सा रहेका वार्नरको कप्तानीमा दिल्ली मैदान उत्रदैछ ।
यता लखनउ भने नियमित कप्तान केएल राहुलको कप्तानीमा देखिनेछन् ।
दिल्लीका तीव्र गतिका बलरहरु एनरिक नोर्किया,लुगिं एन्गेडि र मुस्ताफिजुर रहमान लखनउविरुद्धको खेलमा उपलब्ध हुने छैनन् । नोर्किया र एन्गेडि दक्षिण अफ्रिका राष्ट्रिय टोलीमा रहेका छन् । शनिबार नेदरल्यान्ड्ससँग अन्तिम खेलपछि मात्रै उनी पन्जाबसँग जोडिनेछन् ।
रहमान पनि बंगलादेशको टोलीमा रहेर शुक्रबार मात्र आउरल्यान्डविरुद्धको टी-ट्वान्टी खेलेकाले आजको खेलमा देखिने छैनन् ।
पृथ्वी शा,डेविड वार्नर,मिचेल मार्श तथा रोभमन पावेल दिल्लीका प्रमुख ब्याटर हुन् । रिषभ पन्त टिममा नरहँदा सर्फराज खानले विकेटकिपरको भुमिका निर्वाह गर्ने अनुमान गरिएको छ । कुलदिप यादव,कमलेश नगरकोटी तथा चेतन साकरिया दिल्लीका प्रमुख बलर हुन् ।
कप्तान केएल राहुल,कायल मेयर्स लखनउका प्रमुख ब्याटर हुन् । जयदेव उन्नाद्कड,आभेस खान तथा अमित मिश्रा लखनउका प्रमुख बलरहरु हुन् ।
हेड टु हेड :
दिल्ली र लखनउबीच कुल २ खेल भएका छन् । जसमा लखनउ अपराजित रहेको छ ।
लखनउको टोली :
केएल राहुल, निकोलस पुरन, मार्कुस स्टोइनिस, आवेश खान, क्रुनाल पान्ड्या, मार्क वुड, क्विन्टन डि कक, दीपक हुडा, रवि विश्रोई, कृष्णाप्पा गोथम, ड्यानिल साम्स, अमित मिश्रा, काइल मेयर्स, जयदेव उनादकट, रोमारियो शेफर्ड, नभिन उल हक, यश ठाकुर, मोहसिन खान, आयुष बदोनी, युधविर चक्र, कर्ण शर्मा, मयंक यादव,स्वपनील सिंह, मनान बोहरा र प्रेरक मांकड ।
दिल्लीको टोली :
डेविड वार्नर(कप्तान), पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल,अबिसेक पोरेल, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिक नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।