काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा गुजरात टाईटन्सले टस जितेको छ ।
विश्वको नै ठूलो क्रिकेट स्टेडियम अहमदाबादमा भएको टसमा गुजरातले टस जितेर पहिले बलिङ रोजेको हो ।
गुजरातले बलिङ रोजे पछि चेन्नाई सुपर किंग्सले पहिला ब्याटिङ गर्न लागेको हो ।
भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १)मुम्बई इन्डियन्स,२)कोलकत्ता नाईटराईडर्स,३)राजस्थान रोयल्स,४)दिल्ली क्यापिटल्स र ५)लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा १)चेन्नाई सुपर किंग्स, २)सनराईजर्स हैदरावाद,३)गुजरात टाईटन्स,४)रोयल च्यालेन्जर्स बेंग्लोर र ५)पन्जाब किंग्स रहेका छन् ।
आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ ।
यसका अनुसार लिग तरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ ।
चेन्नाई प्लेइर्ङ-११
डेभोन कन्वे, रुतुराज गायकवाड, मोईन अली, बेन स्टोक्स, रवीन्द्र जडेजा, शिवम दुबे, अम्बाती रायडू, एमएस धोनी (कप्तान्), मिचल स्यान्टेनर, दीपक चाहर, राजवर्धन हांगर्गेकर