काठमाडौं । आगामी महिना नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुने भएको छ ।
एसीयन क्रिकेट काउन्सिल(एसीसी)ले शुक्रबार एक विज्ञप्ती जारी गरि एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुने जानकारी दिएको हो ।
प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।
प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् ।
फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।
प्रारम्भिक नेपाली टोली :
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी,देव खनाल,सन्दीप लामिछाने
नेपालको खेल तालिका -
बैशाख ५ मा मलेसियाविरुद्ध टियु मैदानमा
बैशाख ८ मा ओमानविरुद्ध टियु मैदानमा
बैशाख ११ मा साउदी अरेबियाविरुद्ध मुलपानी मैदानमा
बैशाख १४ मा कुवेतविरुद्ध टियु मैदानमा