काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले चोटका कारण घाइते भएपछि यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् ।
बुमराह १६ औं संस्करणको आईपीएलमा मुम्बई इन्डियन्समा आबद्ध रहेका थिए ।
आईपीएलको सर्वाधिक सफल टोली मुम्बईले उनको स्थानमा तीव्र गतिका भारतीय बलर सन्दीप वारियरलाई मौका दिएको छ । वारियरले २०२३ को १६ औं संस्करणको आईपीएल मुम्बई इन्डियन्सबाट खेल्ने भएका छन् ।
२०२३ को आईपीएलका लागि भएको अक्सनमा वारियरलाई कुनै टिमले खरिद गरेको थिएन । वारियरले अक्सनमा आफ्नो आधार मुल्य ५० लाख भारु मूल्य राखेका थिए ।
वारियरले ५ आईपीएल खेलमा २ विकेट लिएका छन् ।
उनले २०१९ मा कोलकत्ता नाईटराईडर्सबाट आईपीएल डेब्यू गरेका थिए ।
यस संस्करणको आईपीएल आजदेखि भारतमा सुरु हुदैछ । मुम्बईले आउने आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरसँग खेल्दै यस संस्करणको आईपीएल सुरुआत गर्नेछ ।