काठमाडौं । देव खनालले ७ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् ।
नेपालले अर्को महिना घरेलु मैदान टियु र मुलपानीमा हुने एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय टोली घोषणा गरेको छ ।
उक्त टोलीमा नेपाल क्रिकेट संघ (क्यान)ले देवलाई पनि टोलीमा समावेश गरेको छ ।
देव गत भदौंमा केन्या भ्रमणपछि सिनियर राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा गत सेप्टेम्बरमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए । त्यसपछि उनी नेपाली टोलीमा थिएनन् ।
देवले नेपालका लागि १० एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा देवले २ अर्धशतक सहित २ सय ५३ रन बनाएका छन् ।
उनले पछिल्लो पटक स्कटल्याण्डसँग एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए ।
देवको कप्तानीमा रहेको यू-१९ राष्ट्रिय टोलीले गत महिना नेपाललाई विश्वकपमा पुर्याएका थिए ।
८ बर्ष पछि नेपाललाई विश्वकपमा पुर्याउन सफल खनालको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन रहेको थियो ।
एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् ।
फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।
प्रारम्भिक नेपाली टोली :
कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल, सन्दीप जोरा,कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ,सोमपाल कामी, किशोर महतो, करण केसी,देव खनाल,सन्दीप लामिछाने
नेपालको खेल तालिका -
बैशाख ५ मा मलेसियाविरुद्ध टियु मैदानमा
बैशाख ८ मा ओमानविरुद्ध टियु मैदानमा
बैशाख ११ मा साउदी अरेबियाविरुद्ध मुलपानी मैदानमा
बैशाख १४ मा कुवेतविरुद्ध टियु मैदानमा