काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल र देव खनाललाई अक्सफोर्ड माविले सम्मान गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका साथै यू-१९ का कप्तान खनाललाई अक्सफोर्डले सम्मान गरेको हो ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुसाल , प्राध्यापकहरु सुमन भुसाल,विरू क्षेत्री ,राजकुमार पाण्डे तथा सञ्चालक समिति सदस्य नवराज पङ्गेनी लगायतले सम्मान गरेका हुन् ।
अक्सफोर्डले भुर्तेल र खनाललाई जनही नगद १५ हजार,मेडल तथा प्रमाणपत्र सहित सम्मान गरेको हो ।
तिलोत्तमा नगरपालिकामा घर भई कक्षा ११ र १२ अक्सफोर्ड माविमा पढेका भुर्तेल र अर्घाखाँची घर भएका खनालले कक्षा ११ र १२ सोहि विद्यालयमा पढेका थिए । प्राध्यापक भुसालले बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दै ,अक्सफोर्ड मावि सधैं साथमा रहने प्रतिबद्धता जनाउनुभयो।
सो अवसरमा बोल्दै कुशल भुर्तेल तथा देव खनालले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा अक्सफोर्डको ठूलो योगदान रहेको बताए ।