काठमाडौं । मुम्बई इन्डियन्सले पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लूपिएल) को च्याम्पियन बनेको छ ।
ब्रेबोन स्टेडियम मुम्बईमा आईतबार राती भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।
दिल्लीले दिएको १ सय ३२ रनको लक्ष्य मुम्बईले १९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
मुम्बईको जितमा नाट स्काभर ब्रन्ट ५५ बलमा ७ चौकासहित अविजित ६० रनको अर्धशतकीय ईनिङ खेलिन् । कप्तान हरमनप्रित कौर ३७ रनमा रन आउट हुँदा अमेलिय कैर १४ रनमा अविजित रहिन् ।

दिल्लीकी राधा यादवले र जेस जोनसनले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
दिल्लीकी ओपनर तथा कप्तान मेग ल्यानिङले २९ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।
अन्तिम स्थानमा ब्याटिङमा आएकी राधा यादवले १२ बलमा २७ रनमा अविजित रहँदा शिखा पाण्डे २७ रनमा अविजित रहिन् ।
मरिजाने कप्पाले १८ तथा शेफाली बर्माले ११ रन बनाईन् ।
मुम्बईकी इस्सी विंग र हेली म्याथ्युले समान ३/३ तथा अमेलिया केरले २ विकेट लिइन् ।