काठमाडौं । महिला प्रिमियर लिग (डब्लुपीएल) मा आज आइतबार फाइनल खेल हुदैछ ।
मुम्बईको ब्रेबोर्न स्टेडियममा मुम्बई इन्डियन र दिल्ली क्यापिटल्सबीच फाइनल खेल हुँदैछ । यी दुई टोलीबिचको फाइनल खेल नेपाली समय अनुसार साँझ पौने ८ देखि शुरु हुनेछ ।
डब्लुपीएलको लिग चरणका ८ खेलमध्ये दिल्ली र मुम्बईले ६ खेलमा जित निकालेका थिए । अंक तालिकामा समान १२१२ अंक भएपनि रनरेटका आधारमा समूह बिजेताका रुपमा दिल्लीले सिधै फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणमा मुम्बई र दिल्लीबीच भएका दुई खेलमा दुवैले ११ खेलमा जित हात पारेका थिए ।
समूह चरणको दोश्रो स्थानमा रहेको मुम्बईले तेस्रो स्थानमा रहेको युपी वारियर्ससँग इलिमिनेटर खेल खेल्नु परेको थियो । इलिमिनेटर खेलमा मुम्बईले युपीमाथि जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो ।
पहिलो संस्करण डब्लुपीएलले आज पहिलो च्याम्पियन पाउदै छ ।