काठमाडौं । पाहुना टोली वेस्ट इन्डिजले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको छ ।
सेन्चुरियनमा रहेको सुपर स्पोर्ट्स पार्क भएको खेलमा पाहुना टोली ३ विकेटले विजयी भएको हो ।
यो जितसँगै तीन टी-ट्वान्टी अन्तराष्ट्रिय खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता लिएको छ ।
वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा छोट्याईएको थियो ।
घरेलु टोलीले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
वेस्ट इन्डिजका लागि कप्तान रोभम्यान पावेल १८ बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । जोनसन चाल्र्स १४ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा आउट भए ।
ओपनर ब्रेन्डन किंग्सले ८ बलमा २ चौका र २ छक्कासहित २३ रन बनाएका थिए । निकोलस पुरन १६ रनमा आउट हुँदा ओपनर काइल मेयर्स ६ रनमा नै आउट भएका थिए ।
दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ तथा तबरेज शम्सी र एनरिच नोर्कियाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेविड मिलर २२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रनमा आउट भए ।
रिजा हेन्डिक्स २१ रनमा आउट हुँदा सिसान्डा मगला १८ रनमा अविजित रहे । कप्तान एडेन माक्ररम १४ रनमा र राइली रोसोउ १० मा आउट भए ।
पाहुना टोलीका लागि शेल्डन कट्रेल र ओडेन स्मिथले समान २२ तथा अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान १/१ विकेट लिए ।
दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल आइतबार हुनेछ ।