काठमाडौ । आशुतोष घराइयाको अलराउन्ड प्रदर्शनमा गोल्डेनगेट कलेजले दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।
मुलपानी मैदानमा शनिबार भएको फाइनल खेलमा गोल्डेनगेटले ब्लुवर्ड कलेजलाई २७ रनले पराजित गरेको छ ।
गोल्डेन गेटले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको ब्लुवर्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनायो ।
ब्लुवर्डका लागि दिपक डुम्रेले ३२ रन बनाउँदा सन्दीप सिंह बिष्टले २० रन बनाए । रोनिम तिवारी १९ रनमा आउट हुँदा निर्भिक पाठकले १० रन बनाए ।
रवि शाह र आशुतोष घराइयाले समान २/२ तथा तृप्त राज दास र अलफज मन्सुरले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो ।
गोल्डेनगेटका लागि आशुतोष घराइयाले ५५ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । तृत राज दास र सहिल पटेल समान १९१९ रनमा आउट भए ।
ब्लुवर्डका मिहोल श्रेष्ठ र कौशल रुपाखेतीले समान २/२ विकेट लिए ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा जारी यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गरेको थियो ।
प्रतियोगिताको बिजेता गोल्डेनगेट कलेजले १ लाख र उपबिजेता ब्लुवर्ड कलेजले ५० हजार नगद प्राप्त गरेको छ ।