काठमाडौं । नेपाल एपीएफ क्लबकी कप्तान सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी-ट्वान्टी प्रतियोगितामा प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी छिन् ।
एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् ।
शनिबार एपिएफले कोशीलाई ७ विकेटले हराउँदा सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट बनाउनुको साथै २० बलमा ३ चौकासहित १९ रन बनाएकी थिइन् ।
पहिलो खेलमा मधेश प्रदेशलाई हराउँदा सीताले ३ विकेट लिनुको साथै अविजित ४५ रन समेत बनाएकी थिइन् ।
त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा सीताले ५२ रनमा अविजित रहेकी थिईन् । सो खेलमा उनले १ विकेट समेत लिएकी थिइन् ।
एपीएफले समूह चरणको अन्तिम खेलमा मंगलबार ललितपुर-११ सँग खेल्नेछ ।