काठमाडौं । इंग्ल्यान्ड ब्याटर जोनी बेयरस्टोले अर्को सातादेखि सुरु हुने ईन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।
बेयस्ट्रो पन्जाब किंग्समा आबद्ध रहेका थिए । गतवर्ष गल्फ खेल्नेक्रममा खुट्टामा लागेको चोटलाई ठिक नहुँदा उनले १६ औं संस्करणको आईपीएल गुमाएका हुन् ।
अष्ट्रेलियन ब्याटर म्याट शर्टलाई टोलीमा उनको स्थानमा लिएका छन् ।
गत सेप्टेम्बरमा चोट बोकेका बेयरस्टोले टी-ट्वान्टी विश्वकप पनि गुमाएका थिए ।
भारतीय खेलाडी शिखर धवनले किंग्सको कप्तानी गर्नेछन् । यस संस्करणको आईपीएल आगामी शुक्रबार देखि सुरु हुनेछ ।
पन्जाबले पहिलो खेल शनिबार मोहालीमा कोलकता नाइट राइडर्ससँग खेल्दै सुरुआत गर्नेछ ।
पन्जाब किंग्सको टोली :
साम करन, लियाम लिभिङस्टोन, कागिसो रबाडा, शाहरुख खान, शिखर धवन, म्याट शर्ट, राहुल चाहर, अर्शदीपसिंह, हरप्रीत ब्रार,राज अंगद बाबा, नाथन एलिस, प्रभसिमरन सिंह, ऋषी धवन, सिकन्दर राजा, भानुका राजपक्षे, हरप्रीत भाटिया, अथर्व तायडे, मोहित राथे, शिवम सिंह, बालजित सिंह, जितेश शर्मा र विद्धत कावेरप्पा