काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विभागिय टोली नेपाल एपिएफ क्बललाई ८८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो ।
कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रि २४ रन बनाईन् ।
अप्सरी बेगमले २२ रन बनाईन् ।
एपिएफका लागि कप्तान सिता राना मगरले ३ विकेट लिईन् । इन्दु बर्माले १ विकेट लिईन् ।
पहिलो खेलमा जित निकालेको कोशी आजको खेलमा लगातार दोस्रो जित हात पार्न चाहन्छ ।
एपीएफ दुई खेलमा दुई जितका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेर एपीएफ फाइनल यात्रा बलियो बनाउन चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।