काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेल हुदैछ ।
टियु मैदान कीर्तिपुरमा दुवै खेल हुदैछ ।
आजको पहिलो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
मधेश दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । बिहिबारको पहिलो खेलमा मधेश नेपाल एपीएफ क्लबसँग पराजित भएको थियो ।
सुदूरपश्चिम आफ्नो तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ललितपुर मेयर्स ११ लाई पराजित गरेको सुदूरपश्चिम शुक्रबार नेपाल एपीएफसँग पराजित भएको थियो ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लबबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा जित निकालेको कोशी आजको खेलमा आजको खेलमा लगातार दोस्रो जित हात पार्न चाहान्छ ।
एपीएफ दुई खेलमा दुई जितका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेर एपीएफ फाइनल यात्रा बलियो बनाउन चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।