काठमाडौं । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ ।
पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अफगानिस्तानले ६ विकेटले जितेको छ ।
सारजाहमा शरक्रार राती भएको खेलमा अफगानिस्तानले पाकिस्तानविरुद्ध कुनैपनि खेलमा पहिलो पटक जित निकालेको हो ।
पाकिस्तानले दिएको ९३ रनको विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अफगानिस्तानलाई जित दिलाउन मोहम्मद नाबी ३८ बलमा अविजित ३८ रनमा बनाए । नजिबउल्लाह जद्रान २३ बलमा १७ रनमा अविजित रहे ।
पाकिस्तानका लागि इहसानउल्लाहले २ तथा नसिम साह र इमाद वासिमले समान १/१ विकेट लिए ।
पाकिस्तानका लागि डेब्यु खेल खेलिरहेका इहसानउल्लाहले ३ ओभर ५ बलमा १७ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै ९२ रन बनायो ।
पाकिस्तानका इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाउँदा सैम अयुब १७ रनमा आउट भए । तयाब ताहिर १६ र कप्तान शादब खानले १२ रन बनाए ।
अफगानिस्तानका फजलहक फारुकी, मुजिब उर रहमान र मोहम्मद नाबीले समान २/२ तथा कप्तान राशिद खान, नविन उल हक र अजमतुल्लाह ओमरजाईले समान १/१ विकेट लिए ।
पाकिस्तानले बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखर अहमद, फखार जमान शाहिन शाह अफ्रिदी, हरिस रौफ लगयात खेलाडीलाई यस सिरिजमा विश्राम दिएको छ । नयाँ खेलाडीलाई मौका दिएको थियो ।
दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय खेल शनिबार हुनेछ ।