काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको हो ।
एपीएफका लागि कप्तान सीता राना मगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ७ चौका प्रहार गरिन् ।
सीताले ५७ बलमा अर्धशतक बनाएकी थिईन् ।

ईन्दु बर्माले ३७ बलमा ४५ रन बनाउँदा ज्योती पान्डे १३ रनमा आउट भईन् ।
सुदूरपश्चिमका लागि ईश्वरी बिष्टले १ विकेट लिईन्
बिहिबार भएको आफ्नो पहिलो खेल जितेका दुवै टोली आज जित निकाल्दै अपराजित यात्रा कायम राख्न चाहान्छन् ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र ललितपुर मेयर्स ११ बीचमा खेल हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हारव्यहोरेको आयोजक टोली समेत रहेको मेयर्स ११ आजको खेलमा पहिलो जित हात पार्न चाहान्छ ।
कोशी प्रतियोगितामा पहिलो खेल खेल्दैछ । कोशी पनि जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।

प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।