काठमाडौं । नेपालको काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुने भएको छ ।
नेपालमा आयोजना हुने एसियन प्रिमियर कप अन्तर्गतको पहिलो दिनको खेलमा हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानको ईतिहासको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।
विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।
यसका साथै यसै प्रतियोगितामा मुलपानीमा अन्य १० ओटा खेल समेत मुलपानीमा हुनेछ ।
एसीसीले बिहिबार घोषणा गरेको खेल तालिका अनुसार नेपाल र साउदी अरेवियाबीचको खेल पनि मुलपानी बैशाख ११ गते हुने भएको छ ।
मुलपानीमा नेपालको समेत यो डेब्यु प्रतियोगिता हुनेछ ।
बिहीबार जारी खेलतालिकामा ओमान र नेपाल एकै समूहमा रहेका छन् । मलेसियासँग खेलेर नेपालले सो प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल(एसीसी)ले बिहिबार घोषणा गरेको खेल तालिकामा उद्घाटन खेलमा नेपालले मलेसियाबीच खेल हुनेछ ।
वैशाख ५ गतेबाट १८ गते सम्म संचालन हुने सो प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ।
कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको १३ खेल टियुमा तथा ११ खेल मुलपानीमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।
खेल तालिका
