काठमाडौं । यस संस्करणको एसीया कपमा भारत बाहेकका सबै खेल पाकिस्तानमा नै हुने सम्भावना बढेको छ ।
एसीयन क्रिकेट काउन्सील(एसीसी)ले यस अघि नै आयोजनाको अधिकार पाकिस्तानलाई दिने जिम्मा दिएकोमा भारतले पाकिस्तानमा आफुहरु नखेल्ने बताईरहेकोमा एसीया कप पाकिस्तानमा नै हुने सम्भावना बढेको छ ।
गत साता दुबईमा बसेको एसीसीको बोर्ड बैठकले यो निर्णय लिएको हो । तर, निर्णय अनुसार भारतको खेल भने पाकिस्तान बाहिर गर्ने तयारीमा एसीसी पुगेको छ ।
भारतका खेलहरु भने युएई,ओमान,श्रीलंकामा हुन सक्ने बताईएको छ । भारतको खेल कुन मुलुकमा गर्ने भन्ने बारे निर्णय हुन बाँकी रहेको छ ।
एकदिवसीय अन्तराष्ट्रियका रुपमा हुने यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।
६ राष्ट्रसम्मिलित एसिया कपमा भारत र पाकिस्तानले एकै समूहमा रहेका छन् । अर्को समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
फाइनलसहित एसीया कपमा कुल १३ खेल हुनेछन् । सन् २०२२ को एसिया कपको ढाँचाअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् भने शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।