काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् ।
लण्डनमा बिहीबार राति आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोलीले बोली लगाएनन् ।
यस्तै अर्का नेपाली खेलाडी अर्जुन साउद समेत अनसोल्ड भएका छन् ।
विकेटकिपर तथा ओपनर अर्जुनलाई समेत कुनैपनि टोलीले बोली लगाएनन् ।
द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुन अटाएका थिए ।
ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् ।
पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए ।
दोस्रो संस्करणमा भने सन्दीपलाई कुनैपनि क्लबले अनुबन्ध गरेको थिएन ।
अर्जुन भने पहिलो पटक ड्राफ्टमा परेका हुन् ।
यस संस्करणको द हन्ड्रेड अगस्ट १ बाट सुरु हुँदैछ ।